गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको आगामी कार्यकाल २०२५–२७ को अध्यक्ष पदमा किरोज श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्।
वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका कडेलले आफ्नो कार्यकालमा एनआरएन क्यानडाले उल्लेखनीय कार्यहरू गरेको दाबी गरेका छन्।
जसमा ७५ हजार क्यानाडियन डलर बराबरको सरकारी अनुदान प्राप्त गर्नुका साथै चेस खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने, ट्याक्स क्लिनिक सञ्चालन, कन्सुलर सेवा प्रदान र नेपाली झन्डा फहराउने जस्ता सामाजिक कार्यहरू समावेश छन्।
उनको प्रस्तावकका रूपमा डा. तुलसी धरेल र समर्थकका रूपमा इञ्जिनियर इन्द्र महर्जन रहेका छन्। डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता तथा क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष हुन्।
त्यस्तै, इञ्जिनियर महर्जन पनि शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् र वातावरण, प्रविधि तथा सामाजिक क्षेत्रका परियोजनाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।
यसअघी चन्दा अधिकारीले अध्यक्षमा उमेदवारी दिइसकेकी छन्।