अमेरिका बसोबास गर्दै आएका नेपालीहरुले स्वर्गिय पत्रकार बलराम बानियाँको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन।
उनीहरुले संकलित गरेको ३ लाख ५७ हजार एक सय ६७ रुपैयाँ स्वर्गिय पत्रकार बानियाँको परिवारलाई प्रदान गरिएको छ।
अमेरिकाको न्यूर्योकमा लामो समयदेखि बस्दै आएका राधाकृष्ण देउजाको पहलमा गो फन्ड मार्फत रकम उठाइएको थियो।
पत्रकार बानियाँको इमान्दारीका र व्यावसायिकलाई मुल्यांकन गरी सहयोग रकम उठाउन पहल थालिएको देउजाले बताए।
देउजाले स्वर्गिय पत्रकार बाानियाँको परिवार आर्थिक अभाव भए सहयोग गर्न अझै तयार रहेको बताएका छन।
पत्रकार बानियाँको गत साउन २८ गते शव फेला परेको थियो ।
मकवानपुरको सिस्नेरीस्थित वागमति खोलामा उनको शव भेटिएको थियो। काठमाडौंको बल्खुस्थित बागमति खोलाले उनलाई बगाएको थियो।