अमेरिकी फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन(एफडिए)का शीर्ष चिकित्सकले कोभिड-१९को उपचारमा प्लाजमा थेरापीका फाइदाहरूका बारेमा बढाइचढाइ गरेकोमा माफी मागेका छन्।
एफडिए कमिश्नर स्टीफन हैनले कोरोना भाइरस संक्रमितको उपचारमा आपतकालिनरूपमा प्लाज्मा थेरापीको प्रयोगका लागि अनुमति दिएपछि निशानामा परेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग 'हो मा हो मिलाउँदै' हैनले थेरापीले जीन्दगी बचाउने बताएका थिए।
यध्यपी वैज्ञानिकहरूले हैनले बताएको आँकडामा प्रश्न उठाउन थालेपछि उनले माफी माग्नुपरेको हो।
हैनले प्लाज्मा थेरापीको प्रयोगले कोरोनाबाट हुने मृत्युदरलाई ३५ प्रतिशतसम्म कम गर्न सकिने बताएका थिए। यो दाबी मायो क्लिनिकको सुरूवाती परिणामहरूको आधारमा गरिएको थियो।
एफडिए प्रमुख स्टीफन हैन
हैनले अमेरिकी टेलिभिजन सिबिसी न्यूजसँग तथ्यांकहरूले के देखाउँछ भन्ने कुरा बताउन उनले 'राम्रो काम गर्नसक्ने सक्थे' भनेका थिए।
उनले संक्रमितको आपतकालिन उपचारमा थेरापी प्रयोग गर्न दिने फैसला एफडिएका वैज्ञानिकहरूले विज्ञान र आँकडाका आधारमा गरेको बताए।
हैन राजनीति गरेकोमा आलोचित भइसकेका छन्। उनीमाथि ट्रम्प प्रशासनको समर्थन गरेको आरोप छ। ट्रम्प प्रशासनले नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपतिको चुनावलाई मध्यनजर गर्दै कोभिड-१९ को उपचारमा तीब्रता दिइरहेको छ।
प्लाज्मा थेरापीको घोषणा गरिनु एकदिन अगाडि राष्ट्रपति ट्रम्पले एफडिएमाथि राजनीतिक कारणले खोपको काम र उपचारको तरिकामा बाधा गरिरहेको आरोप लगाएका थिए।