अमेरिकामा कारोनाभाइरसको महामारीका कारण कारागारमा राखिएकाहरुको सङ्ख्यामा आठ प्रतिशतले कमी आएको छ।
कैद भुक्तान गर्न छोटो समय रहेकाहरुलाई त्यो समयको छुट दिएर रिहा गरिएको छ भने कतिपयलाई स्वास्थ्य अवस्था र आचरणलाई हेरेर कैद अवधिमा छुट दिएर रिहा गरिएको अधिकारीहरुले जनाएका छन्।
अमेरिकामा कैद सजाय भोगिरहेका धेरै मानिस बारका कारण कैदी जीवन विताउनु परेको तथ्याङ्कले देखाएको छ।
गत मार्च र जुन महिनाको बीचमा अमेरिकाको केन्द्रीय तथा प्रान्तीय कारागारबाट एक लाखभन्दा बढीले कैदी जीवनबाट छुटकारा भएका छन्।
एक अध्ययनले यो सङ्ख्याबाट कुल कैदीको सङ्ख्यामा झण्डै आठ प्रतिशत कमी आएको देखाएको छ।
एकातिर कारागारबाट फर्किनेको सङ्ख्या बढेको र अर्कातिर कारागारमा आउनेको सङ्ख्या घटेकाले पनि कुल कैदीको सङ्ख्यामा कमी भएको अधिकारीहरुले जनाएका छन्।
कोरोनाका कारण केही समय अदालत बन्द भएकाले सुनुवाइ कमी भएकाले कतिपय मुद्दामा दोषी ठहरिएर कारागार चलान हुनेहरुको सङ्ख्यामा पनि कमी आएको विश्लेषण गरिएको छ।
त्यसैगरी कोरोनाभाइरसको त्रासले अन्य मुद्दामामिलातर्फ मानिसको ध्यान नगएको र अदालत बन्द हुँदा दर्ता गर्न पनि गाह्रो भएकाले पनि अदालतमा मुद्दासमेत कम परेको अधिकारीहरुले बताएका छन्।
उनीहरुले अहिले रोकिएका मुद्दा सङ्ख्या कोरोनाको त्रास कम भएपछि भने फेरी बढ्न सक्ने अनुमान पनि गरेका छन्।