अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमेरिकी पूर्व उच्चअधिकारी जोन बोल्टनद्वारा आफ्नो हालै प्रकाशित किताबमा लगाइएका आरोपहरूलाई ‘शुद्ध कथा’ भएको बताएका छन्।
राष्ट्रपति ट्रम्पद्वारा ट्वीटरमार्फत जारी सन्देशमा पूर्व राष्ट्रिय सुरक्षा अधिकारी बोल्टनलाई ‘सिक पपी’ भन्दै उनको कृति राष्ट्रपतिलाई खराब सावित गर्न ‘झूट तथा बनाइएका कथाहरूको संकलन भनिएको छ।
पुस्तकमा मेरो बारेमा लेखिएका धेरैजसो भनाइहरू मलाई कहिल्यै कसैले नलगाएका कपोलकल्पित आरोप, शुद्ध कथाहरू छन्।
ह्वाइट हाउसले गलत कामहरूलाई रोक्ने पहल गरेको विवरणहरूलाई बोल्टनले तोडमोड गर्दै ‘ट्रम्प राष्ट्रपतिका रूपमा योग्य नभएको’ प्रमाणित गर्न खोजेको बताएका छन्।