अमेरिकाले कोरोना भाइरसविरूद्ध लड्न बनाएको टास्क फोर्सका प्रमुख डा. एन्थोनी फाउचीले सोमबार ट्रम्पसँग उनको भेटघाट कम भएको बताएका छन्।
द गार्डियनमा प्रकाशित समाचारका अनुसार फाउचीको यो बयानले राष्ट्रपति ट्रम्पले उनीसँगको सहकार्यलाई रोकेका त होइनन् भन्ने आशंका जन्माएको छ।
समाचारमा फाउचीले हालैका दिनमा कोरोना भाइरसलाई लिएर टास्क फोर्सको कुनै वैठक नबसेको र राष्ट्रपतिसँग पनि वैठक कम हुँदै गएको स्वीकार गरेका छन्।
फाउचीले पहिले दैनिक टास्क फोर्सको वैठक हुनुका साथै सातामा राष्ट्रपतिसँग चार पटकसम्म कुरा हुनेगरेकोमा हाल त्यो नभएको स्वीकार गरे।
राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अन्तिमपटक १८ मे मा भेट भएको फाउचीको भनाइ छ।
यसैगरी फाउचीले अमेरिकाले लकडाउन खोल्न हतार गर्न नहुने चेतावनी पनि दिएका छन्।