रणनीतिक हिसाबले महत्त्वपूर्ण मानिएको नेपालसँग मजबुत साझेदारीका लागि अमेरिकाले आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले आज एक उच्चस्तरीय वार्ता गर्दै सो प्रतिबद्धता दोहोर्याएका हुन्।
वासिङ्टन डिसीस्थित अमेरिकी विदेश मन्त्रालयमा सम्पन्न सो वार्तामा नेपाल-अमेरिकाको दशकौँको सम्बन्धलाई थप मजबुत बनाउने सम्झौता भएको जनाइएको छ।
अमेरिकी विदेश मन्त्रालयका सहायक प्रवक्ता रोबर्ट पल्लड़िनोद्वारा सम्रेषित विज्ञप्तिमा अमेरिकी-नेपाल साझेदारी र नेपाली जनता सँगको अमेरिकनहरूको सम्बन्धको महत्त्वको उच्च मूल्याङ्कन गर्दै अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले यो 'ऐतिहासिक' बैठकले नेपालको सर्बांगीण विकासका लागी अमेरिकाको प्रतिबद्धता सार्वजनिक गरेको उल्लेख छ।
बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपाललाई प्रदान गरिएको ५० अर्बभन्दा बढी अनुदान, सम्पन्न इण्डो -प्यासिफिक क्षेत्र तथा नर्थ कोरियाका विषयमा समेत छलफल भएको सहायक प्रवक्ता पल्लाडिनोले विज्ञप्तिमा उल्लेख गरेका छन्।
बैठक पश्च्यात अमेरिका स्थित नेपाली राजदूतावासदद्वारा आयोजना गरिएको रात्रि भोजमा मन्तव्य राख्दै नेपालका परराष्ट्र मन्त्री ज्ञवालीले नेपालको विकासको लागी अमेरिकासँगको साझेदारी अत्यन्त महत्त्वपूर्ण भएको उल्लेख गर्दै आर्थिक विकास नै नेपाल सरकारको वर्तमान उद्देश्य रहेको बताए।
लामो समय पछि नेपाल र अमेरिका बिच उच्च स्तरीय औपचारिक बैठक सम्पन्न भएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले अमेरिका नेपालको धेरै पुरानो मित्र रहेको र आजको बैठकमा उक्त मित्रतालाई थप मजबुत बनाउने सहमति भएको जानकारी दिए।
वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासमा आयोजित सो समारोहमा बोल्दै अमेरिकी विदेश मन्त्रालयस्थित दक्षिण तथा मध्य एसिया मामिला विभागकी डेपुटी असिस्टेन्ट सेक्रेटरी एलस वेल्सले नेपालको लोक्तान्त्नात्रिक बिकासलका लागी अमेरिका जहिले पनि साथ रहेको बताउँदै नेपालको आर्थिक विकास, नेपालीहरूको जीवनयापनमा प्रगति तथा नेपालमा विदेशी लगानी भित्राउन अमेरिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन्।
उक्त समारोहमा बोल्दै अमेरिकाका लागी नेपाली राजदूत डा. अर्जुन कार्कीले दुई देश बिच आज सम्पन्न बैठकले नेपाल- अमेरिकाको मित्रतालाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे।