डाङडुङ्गे डाँडा अन्तर्राष्ट्रिय फिल्म सिटीको नामले निकै चर्चा कमाएको ठाउँ हो। त्यहाँ नपुगेसम्म मलाई पनि कस्तो होला, के के होला भनेर जिज्ञासा लाग्थ्यो। सदरमुकाम चरिकोटबाट २ हजार २ सय २३ किलोमिटर टाढा रहेता पनि जाने अवसर जुरेको थिएन।
फिल्म सिटी निर्माणको बारेमा जिल्ला तहदेखि काठमाडौंसम्मै चर्चा परिचर्चा भइरहन्थ्यो। यहाँको प्रचार गर्नको लागि कलाकार मदनदास श्रेष्ठले बेला बेलामा हिरो, हिरोइनहरू ल्याउने गर्नुहुन्थ्यो।
यस ठाउँलाई प्रकृतिले वरदान दिएको भन्दा फरक नपर्ला।
सम्भवत: यही ठाउँ मात्र होला जस्तो लाग्यो नेपाल झल्किने भूगोल। किनकि डाङ्डुङ्गे डाँडा प्रवेशद्वार शिवपोखरीदेखि अलि उक्लिँदा तराई, पहाड, हिमालको झल्को दिन्छ। खरिढुंगा, शिवपोखरी, फूलबारी घुम्ती वरिपरी आलुबारीले झन् सुन्दरता थपिएको छ। अलि माथि उक्लिँदा गुराँस ढकमक्क फुलेको भेटिन्छ भने डाङ्डुङ्गे डाँडाको शिरमा चौरी चर्दै चिमालले स्वागत गरेको भेटिन्छ। यहाँको प्राकृतिक सुन्दरताले निष्ठुरी मनहरूलाई पनि मोहित बनाउँछ। वाह! भन्ने शब्द फुर्छ। आँखै नचिम्ली हेरिरहुँझैं लाग्छ।
शिवपोखरीबाट साढे छ किलोमिटरमा सरर गाडीमा पुग्न सकिन्छ डाङ्डुङ्गे डाँडा। समुद्री सतहदेखि ३२ सय मिटर उचाइमा रहेको छ डाङडुङ्गे डाँडा। काठमाडौंबाट करिब १०९ किलोमिटर पूर्वमा अवस्थित डाङ्डुङ्गे डाँडाबाट स्वयम्भूनाथ, फुलचोकी डाँडा, रोल्वालिङ हिमश्रृङ्खला, गौरीशंकर, जुगल, गणेश हिमाल लगायत काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रामेछाप र ओखलढुंगाको अधिकांश भू-भागको मनोरम दृश्य नियाल्न सकिन्छ।
शिवपोखरीबाट डाङ्डुङ्गे डाँडासम्म कालोपत्रे सडक निर्माण गरिएको छ। जसले गर्दा हिउँद वर्षायाममा पनि सहजै तरिकाले पुग्न सकिन्छ। अहिले यहाँ वनभोज खाने र बिदाको दिन घुम्न जाने संख्यामा वृद्धि आएको छ। फिल्म सिटीको लागि कार्यालय भवनहरू निर्माण हुन थालेका छन्।
तस्बिरहरू:
-1714805645.jpg)
-1714805645.jpg)
-1714805644.jpg)
-1714805644.jpg)
-1714805643.jpg)
-1714805643.jpg)
-1714805643.jpg)
-1714805642.jpg)
-1714805642.jpg)
-1714805644.jpg)
-1714805643.jpg)
-1714805643.jpg)