दोलखाको सदरमुकाम चरिकोटबाट करिब १२ किलोमिटर जति टाढा छ राङराङथली पोखरी र थामी संग्रहालय।
थामी जातिको धार्मिक सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण र ऐतिहासिक थलो मानिन्छ राङराङथली। जहाँ थामी जातिको इतिहास जोडिएको छ।
धर्म, संस्कृति र आस्थाको केन्द्रको रूपमा परिचित छ राङराङथली। भीमेश्वर नगरपालिकाले लोप हुन लागेको राङराङथली पोखरीलाई मौलिक रूपमै निर्माण गरेको छ।
भीमेश्वर नगरपालिका–१, सुष्पाक्षमावती अन्तरगत पर्ने यस थलोमा अहिले पोखरी मात्र होइन विभिन्न संरचना बनेका छन्।
चरिकोट बजारबाट नागबेली सडक हुँदै भूतपोखरी, देउराली बजार, किवी फर्म र ढुंगेधारा हुँदै राङराङथलीमा पुग्न सकिन्छ। जहाँ चरिकोटबाट सिमपोखरीबाट पैदलमार्ग, भ्यूटावर हुँदै पनि पुग्न सकिन्छ।
पोखरी नजिकै थामी संग्रहालय निर्माणधीन अवस्थामा छ। नजिकै थामी होमस्टे, हल र यस क्षेत्रमा घुम्न र अध्ययन/अनुसन्धान गर्न आउनेहरू बस्नको लागि मौलिक घरहरू निर्माणधीन अवस्थामा छ। थामी समुदायको भाषा, संस्कृतिको विषयमा विदेशीहरूले लामो समयदेखि अध्ययन/अनुसन्धान गर्दै आएको छ। यस पोखरीमा पिकनिक थलो पनि छ। शनिबार मात्र होइन बिदाको दिनमा घुम्नको लागि प्राय: नगरपालिका र जिल्लाकै पर्यटकहरू पनि बेला बेलामा यहाँ पुग्ने गर्छन्। जहाँ थामीको घरमा मकैको ढिँडो र लोकल कुखुराको मासु खान पाइन्छ।
बिदाको दिनमा मात्र घुम्ने बानी बदलिएको छ। घुम्नलाई नै बिदा लिने चलन झन् बढ्दै गएको छ। बिदालाई सदुपयोग गर्दै मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङ, भीमेश्वर नगरपालिकाका इञ्जिनियरद्वय सुरेश राउत र नारायण शिवाकोटी पनि बेला बेलामा चिसो हावा र यहाँको वातावरणसँग भलाकुसारी गर्न लागि पुगेका थिए। हिउँदमा यस क्षेत्रमा २२ थरीभन्दा बढी प्रजातिका सुनखरी र दुई दर्जन जति लालीगुराँसको प्रजातिहरू नियाल्न सकिन्छ। त्यसैले यस क्षेत्रमा जैविक विविधताले पनि धनी मानिन्छ।
तस्बिरहरू:
-1725693854.jpg)
-1725693853.jpg)
-1725693853.jpg)
-1725693851.jpg)
-1725693851.jpg)
-1725693851.jpg)
-1725693852.jpg)
-1725693851.jpg)
-1725693850.jpg)
-1725693850.jpg)
-1725693849.jpg)
-1725693848.jpg)
-1725693848.jpg)
-1725693849.jpg)