वर्षायाममा नभिज्ने कुरै भएन। वर्षायाममा पानी परेन भने कहिले पर्ने?
अझ घुमफिरमा निस्कँदा कतिखेर पानी पर्छ थाहै हुँदैन। छिनछिनमै बदलिने मौसम हुन्छ वर्षायाममा। तर मलाई घुम्ने भनेपछि के जाडो, के गर्मी? के बर्खा? जुनसुकै ठाउँमा जुनसुकै समयमा तयार हुन्छु।
सदरमुकाम चरिकोटबाट डेढ दुई घण्टामै पुग्न सकिन्छ सुन्द्रावती कुण्ड। चरिकोटबाट सुन्द्रावती कटुवाचौरबाट उकालो लाग्नुपर्छ। असार महिना भएर होला कटुवाचौरको हरियाली र सुन्दर फाँटका गह्राहरूले झन् मनलाई आनन्द दिन्छ।
यहाँबाट सुष्पा क्षमावती पानी पोखरीमा निर्माण गरिएका एकीकृत बस्तीलाई पनि नजिकैबाट नियाल्न सकिन्छ। बिहान सबेरै पर्यटन व्यवसायी हरि ओलीले सुन्द्रावती कुण्ड जान फोन गर्नुभयो। असार महिना भएकाले त्यत्ति खुलेको थिएन मौसम।
उहाँको फोन आउनेबित्तिकै क्यामरा बोकेर तयारी भएँ। सुन्द्रावती कुण्ड भीमेश्वर नगरपालिकाको वडा नं. १ र कालिञ्चोक गाउँपालिकाको वडा नं. ९ को सिमानामा पर्दछ।
प्राकृतिक सुन्दरताको साथै धार्मिक दृष्टिकोणले झन् महत्वपूर्ण मानिन्छ सुन्द्रावती कुण्ड।
यस ठाउँमा पहिला पहिला विभिन्न चाडपर्वमा प्रयोग गर्ने भाँडाकुँडाको व्यवस्था हुन्थ्यो रे। भाँडाकुँडा प्रयोग गरेपछि सफा गरेर थन्काउने गरिन्थ्यो रे। ठूला ठूला खड्कुलो, डेक्चीहरू प्रशस्तै पाइने किम्बदन्ती छ।
एकदिन प्रयोग गरिएको भाँडाकुँडा नमाझी थन्काएकोले त्यही दिनदेखि भाँडाकुँडा हराएको किम्बदन्ती छ। तर अहिले पनि औंसी, पूर्णिमाको दिन भाँडाकुँडा बजेको आवाज आउने गरेको भनाइ छ।
यस ठाउँ कुण्डै कुण्डले भरिएको छ। हरियाली जंगलको माझमा झरनाले झन् मन लोभिएको हुन्छ। हिउँद र वर्षायाम जुनसुकै समयमा पनि सयौं धार्मिक तथा अन्य पर्यटकहरू पुग्ने गर्छन्। वर्षाको सिजन भएकाले होला रंगीविरंगी फूलहरू र जडिबुटीहरू बाटैभरि देख्न पाइन्छ। हुन त अलिअलि जुकाले पनि सताउँछ। घुम्न रूचाउनेलाई झरी, जुकाको खासै पर्वाह हुँदैन कि?
तस्बिरहरू:
-1720851548.jpg)
-1720851547.jpg)
-1720851546.jpg)
-1720851547.jpg)
-1720851548.jpg)

-1720851548.jpg)
-1720851548.jpg)
-1720851546.jpg)
-1720851546.jpg)