प्रदेश ४ मा भिन्न भिन्न प्रकृतिका सम्पदा छन् र पर्यटकीय स्थल पनि प्रशस्तै छन्। त्यस्तै एउटा स्थल हो माछापुच्छ्रे हिमालको फेदीसम्म पुग्ने पर्यटकीय पदमार्ग मर्दि ट्रेक। त्यही ट्रेकको प्रवेशस्थल माछापुच्छे गाउँपालिका घाचोकको वडा नम्बर १ टुसे गाउँमा नयाँ होमस्ट सञ्चालनमा आएको छ।
२० वटा घरमा सञ्चालमा आएको होम्स्टेको प्रदेश ४ का पर्यटन, उद्योग मन्त्री विकास लम्सालले उद्घाटन गरे। गाउँ गाउँमा खुलेका होमस्टेले पर्यटन प्रर्बद्धन गर्न टेवा पुग्ने उनको भनाई थियो। उनले प्रदेश ४ मा ३ सय वटा होमस्ट सञ्चालनका लागि सरकारले तयारी गरीरहेको बताए। उनले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पछि गाउँ गाउँका होमस्टेमा पर्यटक लगिने बताए।
गुरुङ, मगर र विकहरुको बस्ती रहेको यो गाउँ सास्कृतीक र प्राकृतीक रुपमा धनी छ। यो गाउँबाट हिमाल, हरिया बन जंगल, वरपरका गाउँ, गुरुङ र मगरका सस्कृती यसका आकर्षण हुन्। गाउँमै उत्पादन भएको आर्गनिक उत्पादनहरु मार्सि, जर्नेली चामलको भात, कोदोको ढिंडो लगाएतका परिकार लोकल कुखुरा, खसि भेडा, बोका स्थानिय माछाको स्वाद लिन पाइन्छ। यसै गरि सोरठी, कौडा, छ्याटु, झ्याउरे, पन्चे वाजा जस्ता सास्कृतिक कार्यक्रममा रमाउन पाउने होमस्टे सञ्चालक बर बहादुर गुरुङले बताए ।
कारीतास नेपाल, कारीतास अट्रेलीया र अष्ट्रेलीयन एड्को सहयोगमा २० वटा घरमा होमस्टे सञ्चालनमा आएको हो। सस्थाले गाउँमा सहकारी स्थापना गरि सहकारी मार्फत ६४ लाख रुपैया सहयोग गरेको छ। बीस घरमा होमस्टेका लागि नयाँ कोठा, बेड, शौचालय लगाएतका पुर्वाधार निमार्ण गरेको छ।
यो गाउँमा होमस्टेलाई हेरे अन्य ठाउँमा पनि सहयोग गर्ने कारितास अष्ट्रेलिया नेपाल बंगलादेशकी कार्यक्रम संयोजक एलिनोर त्रिन्चेराले बताइन्।
सहकारी मार्फन गाउँ र होमस्टेलाई आवश्यक तरकारी, च्याउ खेती, पशुपालन, अदुवा बेसार ,हस्ताकला , मौरिपालन, फुल नर्सरी, फलफूल खेती, माछा गाउँमा नै उत्पादन गर्न लगानी गरेको छ । समुन्द्री सतह देखि १ हजार तिन सय पचास मिटरको उचाइमा रहेको यो गाउँबाट पुग्न पोखराबाट १ घण्टाको सवारी यात्रामा पुग्न सकिन्छ ।