हुन त पोखरामा तालहरू धेरै छन् । तर, गर्मी लाग्यो भने पौडी खेल्ने ठाउँ छैन। त्यसैलाई ध्यान दिएर पोखरामा आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गर्दै आगामी वैशाख १ गतेबाट वाटर पार्क सञ्चालन आउने भएको छ।
पौडी र पानीमा रमाउनेका लागि वाटर पार्क ‘बिग स्प्लास’ पोखरा १४ कुडँहरमा फाटँमा वैशाख नयाँ वर्षको अवसर पारेर पार्क सञ्चालनमा आउने भएको हो।
३० फिटको उचाइमा रहेको ओपन फ्लोट स्लाइडबाट ३ सय १० फिट लामो स्लाइडिङ गरी पुलमा उत्रिदै पानीको मज्जा लिन सकिने प्रालिका प्रबन्ध निर्देशक अमित राज मुल्मीले बताए।
त्यसै गरि ३० फिटको उचाईमा रहेको ओपन फ्लोट स्लाइडबाट ३ सय १० फिट लामो फ्ल्यास पुलमा उत्रन मिल्ने, ३० फिट उचाइमा १ सय २० फिट लामो र १५ फिट उचाइमा ६० फिटलामो छुट्टा छुट्टै स्ट्रेट स्लाइड र वेभ स्लाइडबाट अर्को पुलमा उत्रने मिल्ने गरि वाटर पार्क निर्माण गरिएको बताए।
पार्कमा मनोरञ्जनका लागि अन्य आकर्षक फाउण्टेन्सहरु पनि निर्माण गरिएको उनले बताए। शुभारम्भको अवसरमा २ फिट ६ इन्च भन्दा साना बालबालिकालाई प्रवेश निःशुल्क गरेको पार्क व्यवस्थापनले उचाईको आधारमा प्रदेश शुल्क ४ सय ३५, ४ सय ९५ रुपैयाँ निर्धारण गरेको छ ।
आर्य दि रिसोर्ट एण्ड फन प्रालिले ११ करोड लागत निर्माण गरेको हो। १३ रोपनी क्षेत्रफलमा फैलिएको वाटर पार्क करिब १७ महिनामा निर्माण सम्पन्न गर्न लागेको मुल्मीले बताए।
परिवार, बालबच्चा सहित रमाउन सकिने आर्य दि रिसोर्ट फन प्रालिका अध्यक्ष आनन्दराज मुल्मीले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका मुल्मीले वाटर पार्क पोखरा आउने पर्यटकका लागि नयाँ गन्तब्य हुने बताए । वाटर पार्कमा आवश्यक पानी प्रालिले बोरिङ गरि निकालेको छ । पानीलाई उच्च प्रविधिमा प्रशोधन गरि प्रयोगमा ल्याएको प्रालीका अध्यक्ष मुल्मीले बताए। वाटर पार्कका बिभिन्न खानाका परिकारसहित रेष्टुरेण्ट समेत सञ्चालनमा छन्।
https://www.youtube.com/watch?v=e0bI2C3Bseo&feature=youtu.be