मोरङ-६ का कांग्रेस उम्मेदवार शेखर कोइराला आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका लालबाबु पण्डितभन्दा १२ हजार बढी मतले विजयी भएका छन्।
पछिल्लो मत परिणामअनुसार कोइरालाले ३५ हजार २ सय १३ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी लालबाबु पण्डितले २२ हजार ९ सय २९ मत प्राप्त गरेका छन्। उनीहरूबीचको मत अन्तर १२ हजार २ सय ८४ छ।
२०६४ मा मोरङ-७ बाट संविधानसभा निर्वाचनमा पराजित शेखर कोइराला २०६५ मा भएको उपनिर्वाचनमा विजयी भएका थिए। त्यसपछि २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि उनले जित हात पारेका थिए।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने उनी मोरङ-६ बाट लालबाबु पण्डितसँग पराजित भएका थिए।