पाँचथर प्रदेशसभा २ बाट प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका माओवादी केन्द्रका उम्मेद्वार इन्द्रबहादुर आङ्बो १५ हजार ६७२ मतसहित विजयी भएका छन्।
एमालेका उम्मेद्वार अइन्द्रसुन्दर नेम्वाङलाई ३०६७ मतको अन्तरले पराजित गर्दै आङ्बो प्रदेशमा दोस्रो पटक निर्वाचित भएका हुन्। एमालेका नेम्वाङले १२ हजार ६०५ मत प्राप्त गरे।