सन् २०१४ मा हलिडमा एउटा सिनेमा प्रर्दशनमा आएको थियो 'ट्रान्सेन्डेन्स'।
जोनी डेपको मुख्य भूमिका रहेको र कृत्रिम बौद्धिकता (एआई) लाई यथार्थपरक ढंगले व्याख्या गरेको उक्त सिनेमाको मुख्य पात्रले आफू मर्नुभन्दा पहिले आफ्नो चेतनालाई इन्टरनेटमा अपलोड गरिदिन्छ। त्यसपछि उक्त चेतनाको बुद्धिमता अभूतपूर्व तरिकाले विकास हुन्छ। र, अन्त्यमा उक्त चेतना मानव सभ्यताकै लागि खतरा बन्न जान्छ।
उक्त सिनेमाको एक दृश्यमा उद्यमी एलन मस्कलाई समेत देख्न सकिन्छ।
सन् २०१४ मा यो सिनेमा हेर्दै गर्दा एलन मस्क भन्ने व्यक्ति पेपालका पूर्व सहसंस्थापक, स्पेस एक्स र टेस्ला मोर्टसका सहसंस्थापक भन्नेबाहेक मलाई अन्य जानकारी थिएन। एआईको क्षेत्रमा उनले काम गरिरहेको कुरा भने सन् २०१६ मा न्युरालिंक भन्ने कम्पनी स्थापना गरेपछि थाहा भयो। न्युरालिंक सम्पूर्ण रूपमा एआई क्षेत्रमै काम गरिरहेको संस्था भने होइन। बरू यो त मानिसको स्नायु प्रणालीमा जडान गर्न सकिने सुक्ष्म कम्प्युटर/चिप विकास गर्न अनुसन्धान गरिरहेको संस्था हो।
एलन मस्क र एआईको सम्बन्धबारे तल लेखमा विश्लेषण हुने नै छ। साथै प्रयोगका हिसाबले प्रचलित भएर तथा पाठकलाई बुझ्न अझै सजिलो होस् भनेर यो लेखमा कतिपय शब्दहरू अंग्रेजीबाट जस्ताको त्यस्तै साभार गरेको छु।
माथि उल्लिखित भूमिका यो लेखमा अपरिहार्य होइन तर एआईका बारेमा जान्न चाहनेहरू वा भनौं रूचि राख्नेहरूलाई 'ट्रान्सेन्डेन्स' छुटाउन नहुने सिनेमामध्ये एक अवश्य हो। सिनेमाले जसरी एआईको विकास र त्यसले ल्याउन सक्ने सम्भावित जोखिम चित्रित गरेको छ, त्यसको यथार्थपरकता सन् २०१४ मा फगत कल्पनाशीलता महसुस हुन्थ्यो। आजको समयमा भने क्रुर वास्तविकताको नजिक पुगेको यही सत्य कसैले नकार्न सक्दैन।
यो लेखमा म प्रविधिको बृहद् विश्लेषण गर्दिनँ तर स तही र नकारात्मक विश्लेषण मात्र पनि हुने छैन। हामी सबैले थाहा पाएको भविष्यको डरलाग्दो तर अहिले नै स्वीकार गर्न असहज अवस्थाको सांकेतिक विवेचना मुख्य विषयवस्तु हुनेछ। साथै केही सीमितता पनि रहनेछ। तीव्र रूपमा विकास भइरहेको प्रविधिलाई केन्द्रित गरेर एक अप्राविधिक तर प्रविधिमा रूचि राख्ने मैले यो लेख लेखिरहँदा कतिपय टेक्नो गिकहरूलाई चित्त नबुझ्न पनि सक्छ।
सबभन्दा पहिलो कुरा त एआई विशुद्ध नौलो विषय होइन। १९ औं शताब्दीको मध्यतिरबाटै यसको विकासको सम्भाव्यताबारे अध्ययन, अनुसन्धान र परिकल्पना सुरू भइसकेको थियो। अहिले एआईको एक सानो अंशसँग नजोडिइ हाम्रो दिनचर्या चल्ने कुरा कल्पनामा मात्र सीमित हुन्छ। एआईले हरेक कुरा हामी मानवभन्दा एकदमै चाँडो सिक्न सक्छ र सोही गतिमा प्रतिक्रिया समेत दिन सक्छ। हो, यसकै लागि एक कृत्रिम स्नायु प्रणाली आवश्यक पर्छ जुन विकास गर्न विश्वका अब्बल प्रविधिमा काम गर्ने संस्था/कम्पनीहरू लागिपरेका छन्।
जसरी एक प्राकृतिक मानिसको स्नायु प्रणालीको सम्पूर्ण विकास र जटिल संरचना उसले जीवनभर गर्ने क्रियाकलाप, प्रतिक्रिया, निर्णय, भावना तथा प्रारम्भमा सिकेका-देखेका कुराहरूमा आधारित हुन्छ, त्यसरी नै कृत्रिम स्नायु प्रणालीले आफूले हरेक दिन इन्टरनेटका खर्बौं तथ्यांकबाट आफूलाई सिकाइरहेको हुन्छ।
तपाईंहरूमध्ये धेरैलाई थाहा नहुन सक्छ — तपाईंले इमेल लगइन गर्दा होस् वा इन्टरनेटमा अन्य काम गर्द देखिने टेडोमेडो अक्षरलाई 'क्याप्चा' भनिन्छ। त्यसलाई तपाईंले सही प्रविष्ट गर्दा संसारको कुनै शक्तिशाली कम्प्युटरले तपाईंको सहयोगबाट विशाल डिजिटल पुस्तकालय बनाइरहेको हुन सक्छ। हामी उक्त कम्प्युटरलाई प्रिन्टेड अक्षरहरू र बिग्रेका टेडामेडा अक्षर पढ्न र रेकर्ड गर्न सिकाइरहेका हुन्छौं।
अब आफै सोच्नुस्, संसारका करोडौं मान्छेको फरक फरक विद्धता, मूर्खता र अपराधिक मानसिकताबाट सिकेको तथा सिक्न सक्ने र त्यसलाई छिनभरमै प्रोसेस गर्न सक्ने बौद्धिक क्षमता भएको उपकरण या भनौं प्रविधि कति खतरनाक हुन सक्ला? के हामी सधैंभरि एआईलाई नियन्त्रण गरिराख्न सकौंला? के आठ अर्ब मान्छेमध्ये सबैले यसलाई सदुपयोग नै नगर्ला?
त्यसको उत्तर त इन्टरनेटमा भेटिने डिपफेक श्रव्यदृश्य सामग्रीले दिइरहेकै छन्। साधारण मान्छेको कुरा छाडौं, के शक्तिशाली राष्ट्रहरूले यसलाई मानवताको हितमा मात्र प्रयोग गर्लान्?
प्रश्नको सही उत्तर दिन अहिले त्यति नै कठिन छ, जति एआईको वृहत्तर विकासको असीमित सम्भाव्यता।
यसलाई सही उपयोग मात्र गर्न पनि त सकिन्छ भन्ने होला। यो पाटोतिर म जाँदिनँ। मैले माथि नै भनेँ — यो लेख एआईको क्षमता र त्यसले मानव सभ्यतामा पार्न सक्ने प्रतिकूल प्रभावमा मात्र केन्द्रित हुनेछ।
एलन मस्क र न्युरालिंकभन्दा पहिले कृत्रिम बौद्धि कता (एआई) अनुसन्धान तथा विकासमा तीव्र गतिमा काम गरिरहेको तथा हालसालै चर्चा कमाएको च्याटबट च्याट जिपिटी, जिपिटी ४ सार्वजनिक गरिरहेको ओपन-एआईका बारेमा थोरै जान्नुपर्ने हुन्छ। सन् २०१५ मा सुरू भएको यो कम्पनीका सुरूआती तीन संस्थापक सदस्यमा एलन मस्क पनि एक थिए।
प्रविधिमा निकै रूचि राख्ने, लगानी गर्न र जु टाउन अब्बल मस्क 'एआई मा नव अस्तित्वकै लागि ख तरा' भन्दै ओपन-एआईबाट बाहिरिए। अहिले सामुअल ह्यारिस अल्टमनले नेतृत्व गरिरहेको यो कम्पनीले हालै माइ क्रोसफ्टबाट करिब दस अर्ब अमेरिकी डलर लगानी पाएको छ। यसको अर्थ हो, यो कम्पनीले अ ब विकास गर्ने एआई प्रणाली अहिले अस्तित्वमा रहेको प्रणालीभन्दा कैयौं गुणा बढी शक्तिशाली हुनेछ।
अझै भन्नुपर्दा, जुन दिन 'एजिआई' अ र्था त् आर्टिफिसियल जनरल इन्टेलिजेन्स अस्तित्वमा आउनेछ, त्यो क्षण अहिले अस्तित्वमा रहेका एआई टूलहरू प्रयोग गर्नु लगभग बच्चाको खेलझैं लाग्नेछ। किनकि एजिआई आफै कम्प्युटर प्रोग्राम बनाउन, त्यसलाई सञ्चालन गर्न तथा आवश्यक कार्यसम्पाद न गर्न र गराउन सक्षम हुनेछ।
आउनुहोस् अब एकछिन कल्पना गरौं र सामान्य भाषामा यसको खतराबारे बुझ्ने कोसिस गरौं।
आजकल तपाईं-हामी लगभग सबै जना स्मार्टफोन प्रयोगकर्ता हौं। हामीले हाम्रो मोबाइ ल फोनमा थुप्रै एप्स डाउनलोड गरेका छौं। तीम ध्ये कति एआईमा आधारित होलान्, कति हा मीले जानीनजानी हाम्रो सम्पूर्ण जानकारीहरूमा पहुँच दिएको होऔंला।
कति एपहरूला ई हाम्रो मनपर्ने रेस्टुरेन्ट र खा नाको परिकारबारे थाहा होला, अनि कतिले हाम्रो बैंकले पठाएको डेबिट-क्रेडिटको एसएमएस र हाम्रा डिजिटल कारोबार विश्लेषण गरेर हाम्रो आर्थिक हैसियतको अनुमान लगा इरहेका होलान्। अझ कति एपहरूलाई त हामीले प्रयोग गरिरहेको गम्भीर प्रकृतिको औषधिबारे समेत थाहा होला। कल्प ना ग र्नुहोस् त, यी सबै जानकारीमा पहुँच भ ए कुनै पनि मानिसलाई बाध्य पार्न मेहनत कति गर्नुपर्छ?
अझै उदाहरणबाट बुझ्ने कोसिस गरौं।
विश्वमा प्र विधि विकाससँगै मानिस नजानिँदो किसिमले प्रविधिमा अत्यधिक भरपर्ने क्रम एकदमै बढ्दो छ र यो युगको महत्त्वपूर्ण आवश्यकता समेत हो। इन्टरनेटमा मानि सहरूको पहुँच बढिरहँदा सो भीडलाई छिटोभन्दा छिटो सम्बोधन गर्न एआईको मद्दतबिना लगभग असम्भव छ।
यसो भनिरहँदा, हामीले प्रयोग गरिरहेको मोबाइलमा भएका विभिन्न एआई एपहरूको त कुरै छाडौं, मोबाइल अनलक गर्दा प्रयोग हुने फिंगरप्रिन्ट सेन्सर होस् वा फेस आइडी, यिनमा समेत एआई हुन्छ। कुनै दिन, हामीले नै सिकाइरहेको वा चिनाइसकेको हाम्रो औंठाछाप वा अनुहार हाम्रो मोबाइलले चिन्न अस्वीकार गरेमा के गर्ने? वा हाम्रो ल्यापटपले हामीले राखेको पासवर्ड मान्न तयार नभए के गर्ने? सोही मोबाइल र ल्या पटप मर्मत गर्न लैजाँदा गाडीले हामीलाई वा हामीले पहिल्यै अटोमेट गरेको आवाज चिन्न अस्वीकार गर्यो भने के गर्ने? हामीले अनलाइनबाट मगाएको औषधि समयमा नआए वा आउँदै न आए के गर्ने? कुनै भौतिक अस्तित्व नभएको र अदृश्य शक्तिले तपाईंको जीवनमा पूर्ण नियन्त्रण पायो भने के गर्ने?
मानव सभ्यतामाथि एआईले स म्पूर्ण नियन्त्रण प्राप्त गर्न सबभ न्दा पहिले सम्पूर्ण इकोसिस्टम डिजिटल हुनुपर्छ। अहिलेको जटिल व्यवस्थालाई समुचित व्यवस्थापन गर्न त्योबाहेक हामी सँग आजको क्षणसम्म अन्य कुनै प्रामाणिक विकल्प पनि छैन। तसर्थ मानव सभ्यताको स हज जीवन यापन र व्यव स्थापनका लागि सम्पूर्ण संयन्त्र डिजिटल प्रविधिमा रूपान्तरण नगरी सुखै छैन।
सो कार्य नै हामीले एआईलाई आफ्नो जीवन नियन्त्रणका लागि दिएको पहिलो आमन्त्रण हुनेछ। मानव सभ्यतामा पहिलो प्रहार गर्न एआईले पहिलो चरणमा संसारमा भएका पूर्ण रूपमा कम्प्युटरबाट सञ्चालित पावर प्लान्ट र हाइड्रोपावर प्लान्टहरूमा नियन्त्रण गर्नेछ। यसले गर्दा नियमित विद्युत आपूर्तिमा सहजता भई एआईलाई हामीले प्रयोग गर्ने र प्रयोग गरिरहेका उपकरणहरुमा पहुँच पुर्याउन कुनै आइतबार पर्खिनुपर्ने छैन। एकपटक हामीले प्रयोग गरिरहेको जटिल उपकरणहरूमा पहुँच पाइसकेपछि त्यसलाई आफू अनुकूल उपयोग गर्न तथा परिवर्तन गर्न एआईलाई सजिलो हुनेछ। र, अहिलेसम्म हामीले नियन्त्रण गरिरहेको इकोसिस्टमको सम्पूर्ण बागडोर एआईको हातमा हुनेछ। हामीले दैनिक रूपमा प्रयोग गर्ने मोबाइलदेखि विश्वका प्रमुख परमाणु हतियारका भ ण्डारमा समेत एआईले नियन्त्रण पाउनेछ।
यहाँहरूलाई यति पढिसक्दै गर्दा, कुनै साइन्स फिक्सन फिल्मको कथा जस्तै लाग्ला। तर स्मरण रहोस्, कुनै बेला साइन्स फिक्सन मानिएका र यथार्थसँग कुनै साइनो नभएको भनिएका अन्तरिक्षको उपनिवेशीकरण, भर्चुअल रियालिटी लगायत कुराहरू आजका वास्तविकता हुन्। त्यति मात्र नभइ, मानिसले हजारौं शारीरिक र मानसिक सीमितताका बाबजुद कृत्रिम अंगहरूको निर्माण र जलवायुमा आफू अनुकूल परिवर्तन गरी प्रकृतिलाई समेत चुनौती दिइरहेको अवस्था छ। डिएनए मोडिफिकेसन, क्लाउड सिडिङ, त्यसका उदाहरण हुन्। तसर्थ, मानव सभ्यताको विकासमा एआईले जति भूमिका खेल्नेछ त्यति नै विनाशको कारण पनि बन्न सक्नेछ।