नेपाली नाटक 'लस्ट एण्ड फाउण्ड' युरोप टुरमा निस्किने भएको छ।
८ जुलाईदेखि १५ अगस्टसम्म हुने टुरमा जर्मनीका ५, डेनमार्कका २ र स्विडेनका २ सहरमा नाटक मञ्चन हुनेछ।
यो नाटक जर्मनीको फ्यांकफर्टमा आयोजना हुने प्रोटागोन इन्टरन्यासनस पर्समिङ आर्ट्समा छनोट भएको छ। उक्त फेस्टिभलमा नाटक मञ्चन हुने निर्देशक घिमिरे युवराजले जनाएका छन्।
यो नाटक अहिले शिल्पी थिएटरमा मञ्चन भइरहेको छ। नाटक जेठ २४ गतेसम्म मञ्चन हुनेछ। नाटकमा यशोधरा र सिद्धार्थबीचको अन्तर्द्वन्द्व, अनागरिक हुनुको पीडा र एकल आमाका सन्तानप्रति राज्यले गर्ने विभेदका विषय प्रस्तुत गरिएको छ।
नाटकमा पवित्रा खड्का, सुमित भण्डारी, सुहाना आचार्य र गोविन्द ओलीको अभिनय छ।
