काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा नाटक मेषीदण्डको नियमीत मञ्चन भैरहेको छ।
करिब डेढ दशकअघि हिमाली जिल्लाको आदिवासीले भाषाका कारण तत्कालीन राज्यबाट भोग्नुपरेको दमनलाई नाटकमा उतारिएको छ।
गीलु रातोसको लेखनमा तयार भएको यस नाटकलाई अनील सुब्बाले परिकल्पना तथा निर्देशन गरेका हुन्।
रिजन केसीले निर्माण गरेको नाटक मेषीदण्डमा सोलुखुम्बुको खालिस राई समुदायले शताव्दीऔंअघि भोगेको कथालाई प्रस्तुत गरिएको छ।
मण्डला थिएटरको प्रस्तुति रहेको नाटकमा प्रतिना राई, मणि के राई, अरूण पौडेल, जय ढकाल, प्रशंसा गुरूङ, सलिना भुजेल, पूर्ण बहादुर गन्दर्भ, अमर बुढाथोकी, रमिता राई, सञ्जय विश्वकर्मा, लहना राई, जंजीत थुलुङ राई, अजय लामा, शायोक मुकारुङ, रमिता राई, सौजन लिम्बु, सञ्जीप योगी, प्रविण मगरलगायतको अभिनय रहेको छ।
नाटक आगामी साउन २७ गतेसम्म नियमित रूपमा मञ्चन हुनेछ।