काठमाडौंको थापा गाउँस्थित मण्डला नाटकघरमा ‘म्याड फेस्ट-२०२४’ सुरु भएको छ। मण्डला प्रांगणमा आयोजित कार्यक्रममा महानगरपालिकाकी उपमेयर सुनिता डंगोल प्रमुख अतिथिका रुपमा सहभागी थिइन्।
औपचारिक उद्घाटन सत्रपश्चात संयोग गुरागाईंकाे निर्देशनमा बनेकाे नाटक ‘रेलवे टू नो ह्वेयर’ मञ्चन भएसंगै तीन दिन सम्म चल्ने ‘म्याड फेस्ट' सुरु भएको हो।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाक उप प्रमुख सुनिता डंगोलले काठमाडौंसँग रंगमञ्चको सम्बन्ध पहिल्यैदेखि रहेको हुँदा ‘म्याडफेस्ट’को निरन्तरताका लागि शुभकामना दिइन्।
‘काठमाडौँसँग रंगमञ्चको सम्बन्ध नजिकको छ। काठमाडौँमा पहिल्यैदेखि डबलीमा नाटक हुने गर्थ्यो। यस किसिमको नाटक महोत्सव भइरहनुपर्छ। म्याड फेस्ट गर्ने म्याडनेस बढ्दै जाओस्,’ सुनिताले भनिन्, ‘यस किसिमको महोत्सवमा सहकार्य गर्न काठमाडौँ महानगरपालिका सधैँ तयार छ।'
कार्यक्रममा म्याड फेस्टका निर्देशक अनुप न्यौपाने महोत्सवको शीर्षक झैँ युवाहरुको जोस र जाँगरले नै महोत्सव सम्भव बनेको बताए।
‘सुरुमा एउटा आइडिया मात्र थियो। सबैजना जोडिएपछि यो महोत्सव सम्भव भयो। दामी/दामी नाटकहरु तयार भएका छन्,’ अनुपले भने, ‘फेस्टिभलको नाम पनि म्याड, यो खासमा एउटा पागलपन नै हो। हामीले हाम्रा लागि अवसर खोजौँ भन्ने हेतुले यो फेस्ट सुरु गरेका हौं।’
मण्डलाका थुप्रै कलाकारलाई वर्षौं खाना, खाजा र चिया खुवाएका ‘मामा’ टेकनाथ पराजुलीलाई सम्मान स्वरुप कार्यक्रममा अतिथिका रुपमा बोलाइएको थियो। आफूले खाना र चिया खुवाएका कलाकारले गरेको यस्तो महोत्सवमा सहभागी हुन पाउँदा उनी खुसी देखिए।
असार २१-२३ सम्म चल्ने यो महोत्सवमा ६ नाटक देखाइनेछन्।
‘रेल्वे टु नोव्हेरुसँगै सागर कार्कीको लेखन तथा निर्देशनमा ‘अंकुरन’ मञ्चन पनि मञ्चन गरिएकाे छ।
अन्यमा अदन बत्री र सुशान्त बस्नेतको लेखन तथा बस्नेतकै निर्देशनमा ‘मिरर’, श्रेया सिंहको लेखन तथा वेदना राईको निर्देशनमा ‘शिल्पिनी’, प्रविण तामाङको लेखन र विजय तामाङ ब्लोनको निर्देशनमा ‘नुग्धा’, प्रितिशा अधिकारीको लेखन तथा निर्देशनमा ‘अगम’ मञ्चन हुनेछन्।
-1720198489.jpg)
-1720198488.jpg)
-1720198488.jpg)
-1720198488.jpg)
-1720198488.jpg)
-1720198487.jpg)
-1720198487.jpg)
-1720198487.jpg)
-1720198487.jpg)
-1720198486.jpg)
-1720198486.jpg)
-1720198486.jpg)
-1720198486.jpg)

-1720198485.jpg)