टेकुस्थित कथा घेराको कौशी नाटकघरमा नाटक 'प्ले द सिस्टम'को मञ्चन भइरहेको छ।
थेरेसा रिबेकको 'ह्वाट वी आर अप अगेन्स्ट' लाई नेपालीमा रुपान्तरण गरेर आफ्नो छैटौं वार्षिकोत्सवको अवसरमा कथा घेराले नाटकको मञ्चन गरेको हो।
नाटकलाई प्रियंकरले नेपालीमा अनुवाद गरेका हुन् भने आकांक्षा कार्कीले निर्देशन गरेकी हुन्।
नाटकमा कार्य क्षेत्रमा हुने नारीद्वेषी चेत एवं व्यवहारलाई व्यङ्ग्य गरिएको छ।
असार ३१ सम्म नियमित मञ्चन हुने नाटकमा इलम दीक्षित, रञ्जना भट्टराई, ऋषिकेश बस्याल, रोशनी स्याङ्बो र सुरज मल्लको अभिनय छ ।