काठमाडौंको थापागाउँस्थित कुञ्ज नाटकघरमा नाटक 'म्यारिज प्रपोजल' को मञ्चन सुरु भएको छ।
रुसी नाटककार एन्टोन चेखभले लेखेको नाटकलाई लाई रंगकर्मी चे शंकरले नेपालीमा अनुवाद गरेका हुन् भने संगीत सापकोटा र आशिष घिमिरेले नाटकलाई निर्देशन गरेका हुन्।
रुसका प्रसिद्ध नाटककार चेखवले सन् १८२० मा लेखेको नाटकलाई नेपालीमा अनुवाद गर्दा यसका पात्र र कथावस्तु काल्पनिक बनाइएको निर्देशक संगीत सापकोटाले बताए।
कलासी प्रोडक्सनले कर्मन कलासँगको सहकार्यमा तयार पारेको नाटक ‘म्यारिज प्रपोजल’ सन् २०१८ मा मण्डला थिएटरमा मञ्चन गरिएको थियो भने सन् २०१९ मा भारतको अलाहवादमा भएको कुम्भ फेस्टिभलमा पनि मञ्चन भएको थियो।
यो नाटकलाई बङ्गलादेशको राजशाहिमा बोङबोन्धु थिएटर फेस्टिभलमा समेत मञ्चन गरिएको थियो।
करिब १ घण्टा १० मिनेट अवधिको नाटकलाई कलासी प्रोडक्सनले कर्मन कलासँगको सहकार्यमा तयार पारेको हो। नाटक आगामी जेठ २७ सम्म नियमित मञ्चन हुनेछ।
तस्बिरहरूः
-1716523016.jpg)
-1716523016.jpg)
-1716523016.jpg)
-1716523015.jpg)
-1716523015.jpg)
-1716523015.jpg)
-1716523014.jpg)
-1716523014.jpg)
-1716523014.jpg)
-1716523014.jpg)
-1716523013.jpg)
-1716523013.jpg)
-1716523013.jpg)
-1716523013.jpg)