नाटक 'मासिन्या' को मञ्चन १० दिन थपिएको छ।
दर्शकको बढ्दो मागलाई मध्यनजर गर्दै १० दिनका लागि नाटकको मञ्चन थपिएको ताम्सालिङ संघर्ष समित सचिवालयका सदस्य बाबुराम लोप्चनले बताए। माघ २८ गतेसम्म मञ्चन गरिने भनिएको नाटक अब फागुन १२ गतेसम्म सोमबार बाहेक मण्डला थिएटरमा मञ्चन हुनेछ।
नाटक हेर्न उपत्यका बाहेक मकवानुपर, दाङ, पोखरा, धरान, विराटनगर, दमकलगायतका स्थानहरूबाट दर्शक आएका छन्। नाटकमा तामाङ जातिले राज्यबाट भोगेको विभेद र संघर्षको कथालाई प्रस्तुत गरिएको छ।
बुद्धि तामाङ र सोनाम लामाको निर्देशनमा तयार भएको नाटकलाई लक्ष्मी रूम्बा, राजु स्याङ्गतान र राबतले लेखेका हुन्।
नाटकमा रमिला मोक्तान, विष्णु मोक्तान, रविन दोङ, सुनिल तामाङ, रोहनी लामा, शीतल थोकर, रूपेश तामाङ, इंगिहोपो कोइँच सुनुवारलगायत कलाकारको अभिनय छ।