काठमाडौंको बानेश्वरस्थित मण्डला नाटक घरमा नाटक 'मासिन्या'को नियमित मञ्चन सुरू भएको छ।
आगामी माघ २८ सम्म नियमित मञ्चन हुने नाटकमा तामाङ जातिले राज्यबाट भोगेको विभेद र संघर्षको कथालाई प्रस्तुत गरिएको छ।
बुद्धि तामाङ र सोनाम लामाको निर्देशनमा तयार भएको नाटकलाई लक्ष्मी रूम्बा, राजु स्याङ्गतान र राबतले लेखेका हुन्।
नाटकमा रमिला मोक्तान, विष्णु मोक्तान, रविन दोङ, सुनिल तामाङ, रोहनी लामा, शीतल थोकर, रूपेश तामाङ, इंगिहोपो कोइँच सुनुवारलगायत कलाकारको अभिनय छ।
तस्बिरहरू: