काठमाडौंमा नाटक 'नासो' मञ्चन हुने भएको छ।
नाटक पुस ४ गतेदेखि आरोहण गुरूकुल कुञ्ज नाटकघरमा मञ्चन हुने भएको हो। नाटक पुस ७ गतेसम्म मञ्चन हुने जनाइएको छ। दर्शकले नाटक तीन सय रूपैँया वा पाँच सय तिरेर हेर्न पाउने छन्।
नासो साहित्यकार गुरूप्रसाद मैनालीद्वारा लिखित नेपाली कृति हो। यो मैनालीको नासो कथासंग्रहमा संग्रहित कथा रहेको छ। नासो कथासंगहमा संग्रहित एघार कथामध्ये नासो कथा उत्कृष्ट मानिन्छ।
यस नाटकलाई राम केएसीले निर्देशन गर्नेछन् भने सह-निर्देशन किरण चापागाईंको रहनेछ। नाटकले ठेट नेपाली संस्कार मान्ने एउटा परिवारको बहुविवाहका कारण उत्पन्न समस्याहरुलाई समेटेको छ।