काठमाडौंको थापागाउँस्थित गुरूकूलको कुञ्ज नाटक घरमा नाटक 'म पनि मान्छे हुँ' को नियमित मञ्चन सुरू भएको छ।
भारतीय नाटककार विष्णु प्रभाकरको नाटक 'मे भी मानव हुँ' लाई सरोज अर्यालले नेपालीकरण गरेका हुन्।
करिब २ दशकअघि अनुवाद गरेको नाटकलाई त्यतिबेलाकै परिकल्पनामा नाटक तयार गरेको निर्देशक सरोजले बताए। उनका अनुसार नाटकले राजनीतिक मनोविज्ञानलाई उठान गरेको छ।
राजनीतिक शक्ति र धार्मिक शक्तिको मनोवैज्ञानिक द्वन्द्वलाई नाटकले प्रस्तुत गरेको छ।
उक्त नाटकमा अङ्कित खड्का, सुष्मा निरौला, विम्ब अधिकारी, अभिषेक शर्मा राजपाध्याय, सन्दीप डङ्गोल, एडन बात्रि, मनिष व्याञ्जु, संस्कृति दुवाडी र सदिन लुइँटेलको अभिनय छ।
आगामी असोज २० गतेसम्म मञ्चन हुने नाटकमा श्रवण राना मगरको प्रकाश परिकल्पनाका साथै सतिश प्रसाईंको ध्वनी छ।
तस्बिरहरू: