काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी नाटकघरमा हास्यव्यंग्यका बादशाह मानिने स्व.भैरव अर्यालको विभिन्न कथामा आधारित नाटक 'ह राम पण्डित'को नियमित मञ्चन सुरू भएको छ।
हिन्दु धर्मअनुसार मानिस मरेपछि उसले जीवनमा गरेका कामको आधारमा स्वर्ग वा नर्कमा जानुपर्ने विश्वासलाई रोमाञ्चक ढंगले प्रस्तुत गरिएको छ।
यसै गरी सरकारी कर्मचारीले सर्वसाधारण मानिसलाई कसरी दुख दिन्छ भन्ने भावलाई एउटा मृत आत्माले चित्रगुप्ताको प्रशासनमा पुगेर स्वर्ग वा नर्ग जान गरेको संघर्षलाई नाटकले चित्रण गरेको छ।
दैलो प्रोडक्सनसँग भैरव पुरस्कार गुठीको सहकार्यमा नाटकको मञ्चन गरिएको छ।
नाटकमा श्रवण राना मगर, विकास जोशी, सवीर चुरौटे, सविन कट्टेल, निल्सन राई, रोशन, सन्तोष गिरी, रोशन लोहोरुङ राई, उज्ज्वल राई, सुनिल राई, सम्झना राई, क्षितिज सन्तोष माझीलगायत कलाकारहरूको अभिनय रहेको छ।
नाटकमा प्रत्यक्ष संगीतमा नरेश गजुरेल र अर्पन महर्जन रहेका छन् भने सेट निर्माणमा हुम बिसी र सेट डिजाइनिङ प्रवीण खतिवडाको रहेको छ।
नाटक आगामी असोज १३ गते सम्म नियमीत मञ्चन गरिनेछ।