चर्चित लोकगायक पशुपति शर्माले कलाकारहरू विदेश कार्यक्रममा जाँदा सोचेर, बुझेर मात्र जान सुझाव दिएका छन्।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष समेत रहेका शर्माले आफूले समस्या हुने देखेर सम्झौता भइसकेका केही कार्यक्रम पनि रद्द गरेको समेत बताए।
उनले एक स्टाटस लेख्दै भनेका छन्, 'विदेश कार्यक्रम जाँदा सोचेर बुझेर जाऊँ न कलाकार साथीहरू। अहिले चर्चा भएका केही कार्यक्रम मैले एग्रिमेन्ट भैसकेपछि पनि केही समस्या हुने देखेरै सल्लाहमै क्यान्सिल गरेको हुँ।'
शर्माले गायिका एलिना चौहान र आयोजकबीचको पछिल्लो विवाद आइरहेको समयमा यो स्टाटस लेखेका हुन्।
एलिना चौहानले हालै अमेरिकाको कार्यक्रममा आयोजकबाट आफूलाई नोकर झैं व्यवहार गरिएको आरोप लगाएकी छन्।
गायक पशुपति शर्माको यो आग्रहले नेपाली कलाकारहरूलाई विदेशमा प्रस्तुति दिनुअघि आयोजकको पृष्ठभूमि, सम्झौताका शर्तहरू र अन्य व्यवस्थापन पक्षमाथि ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिएको छ।
यो पनिः 'अब सुन्छ अमेरिका' कार्यक्रमबाट फर्किएकी एलिनाको आरोप– नोकरझैं व्यवहार गरियो