गायिका शान्तिश्री परियारले जेनजी आन्दोलनका घाइतेहरूको उपचार तथा जीवनयापनमा सहयोग पुर्याउनका लागि ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेकी छन्।
घाइतेहरूको सहयोगमा लागिरहेकी आशिका तामाङमार्फत शान्तिश्रीले सहयोग उपलब्ध गराएकी हुन्।
सामाजिक सञ्जालमा एक भावनात्मक सन्देश पोस्ट गर्दै उनले आफ्नो सानो भए पनि सहयोग घाइतेहरूसम्म पुर्याइदिन आग्रह गरेकी छन्।
कैयौंले ज्यान गुमाएको र घाइते भएको पीडामा आफू रूनु र मुटु दुखाउन बाहेक केही गर्न नसकेको भन्दै उनले पीडाबोध पनि व्यक्त गरेकी छन्।
आफ्नो सानो सहयोगले आफ्नो मनलाई थोरै भए पनि हलुंगो बनाउन मद्दत पुग्ने विश्वास परियारको छ।
शान्तिश्रीले आर्थिक सहयोग पठाएको विवरण समेत सामाजिक सञ्जालमा राखेकी छन्।