गायक प्रमोद खरेल 'द भ्वाइस अफ नेपाल' मा कोचका रूपमा फर्किएका छन्। यसको सातौं सिजनमा उनी कोचका रूपमा जोडिएका हुन्।
'भ्वाइस अफ नेपाल' मा पहिलो सिजनदेखि पाचौं सिजनसम्म लगातार कोच रहेका प्रमोदले छैटौं सिजनमा विश्राम लिएका थिए।
सामाजिक सञ्जालमार्फत उनले आफू फेरि भ्वाइस अफ नेपालमा फर्किएको बताएका छन्। उनले लेखेका छन्,–'नितान्त मेरो व्यक्तिगत कारणले विश्राम लिएको लिएँ। हजुरहरूको माया, साथ र आशीर्वादले फेरि उही जिम्मेवारीमा फर्किएको छु।'
'भ्वाइस' को सातौं सिजनमा प्रमोदसहित मेलिना राई र खेम सेञ्चुरीले पनि कोचका रूपमा निरन्तरता पाएका छन्। अर्का एकजना कोचको घोषणा हुन बाँकी छ।
आगामी सिजन छिट्टै दर्शकमाझ आउने तयारीमा छ।