युवा पुस्तामाझ चर्चित गायक एकदेव लिम्बूले चर्चित भारतीय गायिका नेहा कक्करसँग सांगीतिक सहकार्य गरेका छन्।
उनीहरूको सहकार्य रहेको गीत 'झिम झिम' को रोमान्टिक टिजर बुधबार युट्युब प्लेटफर्ममा सार्वजनिक भएको छ।
४१ सेकेन्डको टिजरमा हिन्दी र नेपाली गीतको मिश्रण छ। नेहा कक्करले हिन्दीमा गाएकी छिन् भने एकदेवले 'झिमझिमाउने आँखा' लाई नेपालीमा गाएका छन्।
भिडिओको लोकेशन भव्य र आकर्षक देखिन्छ। विवाहको सेटिङमा भिडिओ तयार पारिएको छ।
भिडिओमा ऋत्विक साहोर र प्रिया प्रकाश वारिअरले अभिनय गरेका छन्। निर्देशक स्नेहा शेट्टी कोहली हुन्। गीतको पूरा भिडिओ जुन २७ (शुक्रबार) आउनेछ।
एकदेवको पछिल्लो गीत 'झिम झिमाउने आँखा' विश्वव्यापी चर्चामा रहेको थियो। जसलाई ६ महिनामै युट्युबमा ३ करोड २२ लाखभन्दा बढी पटक हेरिएको छ।