गायक रामकृष्ण ढकाल सांगीतिक टुरका लागि बेलायत उडेका छन्। शनिबार त्यसतर्फ प्रस्थान गरेका उनी १२ मे अर्थात् आगामी सोमबार म्यान्चेस्टरमा गुञ्जिँदैछन्।
८८८४ भाइब्सको आयोजनामा हुने ‘रामकृष्ण ढकाल साँझ’मा उनले आफ्ना लोकप्रिय नयाँ-पुराना गीत प्रस्तुत गर्नेछन्। लामो समयपछि बेलायतमा प्रस्तुति दिन लागेकाले आफू उत्साहित रहेको ढकालले बताए।
म्यानचेस्टरको कार्यक्रमपछि उनी त्यतैबाट अमेरिका प्रस्थान गर्नेछन्। अमेरिकामा २४ मेमा केन्टकीबाट यसपटक उनको सांगीतिक टुर सुरु हुनेछ। त्यसपछि ३१ मे मा न्यु ह्याम्प्सायरमा उनी गुञ्जिनेछन् भने जुनको पहिलो साता टेक्सासमा सांगीतिक प्रस्तुति दिनेछन्।
त्यसपछि क्यानडाका दुई ठाउँमा कार्यक्रम हुने ढकालले बताए। २१ जुनमा टोरन्टो र २८ जुनमा विनिपेग सहरमा कार्यक्रम तय छ।
अमेरिका र क्यानडापछि उनी फेरि बेलायतको लण्डनमा हुने कार्यक्रममा गुञ्जिनेछन्। त्यसपछि उनी स्वदेश फर्किनेछन्।