राजनराज शिवाकोटी र भूमिका गिरीको स्वरमा 'छ कि छैन मञ्जुरी' बोलको गीत सार्वजनिक भएको छ।
यो गीतको भिडिओमा राज आचार्य र सुनिशा बजगाईंको अभिनय छ। उनीहरू श्रीमान–श्रीमती हुन्।
गीतका शब्द राजेन्द्र थापाले लेखेका हुन्। संगीत राजनराज शिवाकोटीको छ भने देबेश राईको संगीत संयोजन रहेको गीतमा मिक्सिङ र मास्टरिङको काम श्यामश्वेत रसाईलीले गरेका छन्।
भिडिओमा वडा सचिव र सदस्यबीचको प्रेमलाई देखाइएको छ।
यसको कोरियोग्राफी तथा निर्देशन गम्भीर विष्टको हो। दिनेश पराजुलीको छायांकन रहेको भिडिओ मिलन विश्वकर्माले सम्पादन गरेका हुन्।
गायिका भूमिका गिरीको प्रस्तुति रहेको गीत उनकै अफिसियल युट्युबबाट सार्वजनिक भएको हो।