चर्चित गायिका मेलिना राई वैवाहिक सम्बन्धमा बाँधिएकी छिन्। उनले शुक्रबार ध्रुव गुरूङसँग विवाह गरेकी हुन्।
काठमाडौँ गोकर्णेश्वरको एक रिसोर्टमा परिवार, आफन्तहरू र सीमित साथीभाइको उपस्थितिमा उनीहरूको विवाह भएको हो।
युट्युबमा सर्वाधिक हेरिएको 'कुटुमा कुटु' सहित मेलिनाले स्वर दिएका दर्जनौं गीत सुपरहिट छन्।
उनी कोच रहेको रियालिटी शो 'द भ्वाइस अफ नेपाल सिजन ६' को प्रसारण पनि आजैदेखि सुरू हुँदैछ।