अभिनेत्री तथा मोडल रजनी गुरूङले आफ्नै प्रस्तुतिमा 'साँच्चै भन त!' बोलको गीतको भिडिओ सार्वजनिक गरेकी छन्।
'मंगली' उपनामले समेत चिनिने उनले बुधबार आफ्नै युट्युब च्यानलबाट यो गीत ल्याएकी हुन्।
गीतमा खेम सेञ्चुरी र मेलिना राईको स्वर छ। यसको शब्द, संगीत शिव हमालको हो। भिडिओमा रजनीसहित पल शाह र विजय पुन फिचर्ड छन्। मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा भिडिओ बनेको हो।
रजनीले केही फिल्म र थुप्रै म्युजिक भिडिओमा अभिनय गरेकी छन्। 'टलकजंग भर्सेस टुल्के, मट्टीमाला, साली कसको भेनाको, महाजात्रा' इत्यादि उनी अभिनित फिल्महरू हुन्।
'कहाँको साइनो, सोल्टी बजार' आदि उनी अभिनीत चर्चित गीतमा पर्छन्।
'मंगली' उपनाम भने उनले हास्य सिरियल 'मेरी बास्सै' बाट पाएकी हुन्। यो सिरियलमा बुद्धि तामाङ हैटको जोडीका रूपमा रजनीले मंगलीको भूमिका निभाएकी थिइन्।
आफ्नो प्रस्तुतिमा पहिलो पटक गीत ल्याएकी उनले यसमा भरपूर मेहनत गरिएको बताइन्।
'यो फरक शैलीको तर मौलिक गीत हो,' उनले भनिन् 'दर्शकहरूले रूचाउने विश्वास छ।'
भिडिओमा नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन छ।
भिडिओः