गीतकार डा. शिव सुवेदीको शब्द सिर्जनामा नयाँ लोकगीत सार्वजनिक भएको छ।
सोमबार सार्वजनिक 'नरोऊ है आमा' गीतमा छोरीको पीर लिइरहने आमालाई विश्वस्त तुल्याएका शब्दहरू समेटिएको छ।
गीतमा अस्मिता डल्लाकोटीले स्वर दिएकी छन्। नन्दु परियारले संगीत भरेका छन्। संगीत संयोजन पूर्ण संयोगले गरेका हुन्।
भिडिओमा गायिका डल्लाकोटी स्वयं मुख्य भूमिकामा छिन्। साथमा हिउँवाला गौतम, शक्तिकुमार गोदार र कुशल पोखरेलले अभिनय गरेका छन्।
राजेश घिमिरेको छायांकन, शिव पौडेलको सम्पादन रहेको भिडिओलाई कपिल लामाले निर्देशन गरेका हुन्।
गीतकार डा. सुवेदीको अफिसियल च्यानलमा गीत सार्वजनिक छ।