स्याङजाली कलाकारहरूको संस्था स्याङजा स्रष्टा सदनको अध्यक्षमा गायक पशुपति शर्मा चयन भएका छन्।
काठमाडौंमा सम्पन्न संस्थाको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट गायक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति बनेको हो।
सर्वसम्मत चुनिएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शिव हमाल, प्रथम उपाध्यक्षमा खुमन अधिकारी, द्धितिय उपाध्यक्षमा शंकर विरही गुरूङ, महिला उपाध्यक्षमा भिमु गुरूङ, महासचिवमा घनश्याम रिजाल, उप–महासचिवमा अर्जुन थापा, सचिवमा रमेश बाबु थापा मगर र प्रसाद लामिछाने, कोषाध्यक्षमा सुजन लम्साल, सह–कोषाध्यक्षमा शिशिर पौडेल र प्रवक्तामा चेतन गोतामे छन्।
सदस्यहरूमा यज्ञ सापकोटा, राजु गुरूङ, दिनेश क्षेत्री, कमला गैरे, प्रकाश पराजुली, माया गुरूङ, अस्मिता रणपाल, पवित्रा काफ्ले र सुनिता नेपाली चयन भएका छन्।
यसअघि स्याङजा स्रष्टा सदनको अध्यक्षमा गायक रामजी खाँड थिए।
अध्यक्ष बनेका शर्मा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानमा वरिष्ठ उपाध्यक्ष छन्।