कतारमा चर्चित गायक-गायिकाहरूले सांगीतिक प्रस्तुति दिएका छन्।
गोरखा सेवा समाज कतारले सोमबार आयोजना गरेको सांगीतिक कार्यक्रममा गायक खेम सेन्चुरी, उर्गेन दोङ, गायिका समीक्षा अधिकारी र निर्जला गुरूङले प्रस्तुति दिएका हुन्।
गोरखामा मानव सेवा आश्रमको भवन निर्माण सहयोगार्थ इस्लाम धर्मावलम्बीहरूको पर्व इद–अल–अज्हाको अवसर पारेर कार्यक्रम आयोजना गरिएको थियो।
अल लुक्तामा रहेको ट्युनिसियन स्कुलको कभर्ड हलमा आयोजित कार्यक्रममा गायक खेमले कट्टा हान्दिन्छु, सुर्ती माड्दै लगायतका आफ्ना हिट गीत प्रस्तुत गरे।
उनको प्रस्तुतिलगत्तै स्टेज चढेकी गायिका समीक्षा अधिकारीले आफ्नो पछिल्लो हिट गीत बुझिनँ मैलेसहित बालापन, कुरा बुझ्न पर्छ, धनगढीको बसमा, नबोली नबोली’ जस्ता हिट गीतहरू प्रस्तुत गरिन्।
खेम र समीक्षाले सुर्ती माड्दै माड्दैमा सँगै प्रस्तुति दिए।
गायक उर्गेन दोङले ‘टाढा भए पनि’ सहित 'हाम्रो यो माया', 'सैया', 'तामाङ दाइ' लगायतका हिट गीतहरू प्रस्तुत गरे।
निर्जलाले पनि आफ्ना हिट गीतहरू प्रस्तुत गरिन्।
गोरखा सेवा समाज कतारका अध्यक्ष ओमराज गुरूङले कार्यक्रम भव्य रूपमा सम्पन्न भएको बताए।
तस्बिरहरू: तिलु शर्मा/कतार