दुई महिला बलात्कार मुद्दामा २० वर्ष जेल सजाय पाएका डेरा प्रमुख बाबा राम रहीम जेलमा बसेको १२ दिन भइसकेको छ। कैदी नं ८६४७ राम रहीमको जीवन जेलमा कसरी बितिरहेको छ त?
उनी जेलमा एक्लो जीवन बिताइरहेका छन्। अर्बैंका मालिक रहीम जेलमा सामान्य मानिसको जीवन नै बाँचीरहेका छन्। जेल वार्डनको आदेश मान्दै अन्य कैदीले जस्तै उनी नियम पालना गरेर जेलमा बसेका छन्।
रिर्पोटको अनुसार राम रहीमलाई छुट्टै कोठा दिइएको छ जसमा उनीसँगै ३ जना कैदी पनि बस्छन्। उनी तिनै कैदीहरुसँग गफ गर्ने गर्छन्। उनको कोठालाई २४ सै घण्टा जेलका वरिष्ठ पदाधिकारीले सुरक्षा दिएर बस्छन्। उनको कोठा वरिपरि चारैतिर बन्द गरिएको छ र सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।
जेलमा राम रहीमलाई दिइएको खानमा पनि निकै सर्तकता अपनाइन्छ। उनको भान्सादेखि बस्ने ठाउँसम्म सीसी क्यामेराले अवलोकन गर्छ। जेलको क्यान्टिनमा उनी जुस र फलफुल किनेर खान्छन्।
उनलाई जेलको रोटी नरुचेको पनि मिडिया रिर्पोटमा छ। उनले खाना पनि ठीकसँग खाएका छैनन् भने निदाउन पनि राम्रोसँग सकेका छैनन्।
उनी दिनरात रुँदै भगवानलाई पुकार्दै बसेका छन् जेलमा। जेलका अधिकारीसँग उनी आफुलाई कसैले भेट्न आयोकी भनेर सोधी रहन्छन्। राम रहीमले १० जनासँग भेट्ने इच्छा जताएका छन्। तर उनले अहिलेसम्म कोहीसँग भेट्न पाएका छैनन्।
राम रहिमले बलिउडमा ५ वटा फिल्म निर्माण गरेका छन्। जसकाे निर्देशक र अभिनेता पनि उनै हुन्।