हालै निर्देशक सञ्जय लिला भन्साली र अभिनेता शाहरुख खान गौरी खानको पसलमा भेट भएका थिए। त्यसपछि उनीहरुबीच नयाँ फिल्मबारे गफ भएको हल्ला चलेको थियो।
यसबारे शाहरुखसँग प्रश्न गर्दा उनले महिनादिनदेखि आफुहरु अनेक प्रोजेक्टमाथि कुरा गरिरहेको बताउँदै समयको अभावका कारण सबै कुरा पछाडी धकेलिएको बताए।
उनले सञ्जयसँग काम गर्न निकै मन लागेको भएपनि दुवैको सयम समस्याको कारण भएको बताए।
सञ्जयको आगामी फिल्ममा सञ्जयले कंगनासँग शाहरुखलाई लिने भन्ने प्रश्नमा शाहरुखले उक्त फिल्ममा कंगना भए झनै राम्रो हुने उल्लेख गरे। तर त्यस्तो फिल्मबारे कुनै तयारी नभएको शाहरुखले स्पस्ट पारे।
शाहरुखले सञ्जयले आफुलाई दुईवटा स्क्रीप्ट अफर गरेको बताउँदै यी दुईमध्ये कुनमा काम गर्ने भन्ने तय नभएको बताए।