बलिउड अभिनेत्री कंगना रनावतको रितिक रोशनसँग झगडा भएको धेरै भयो। अहिले उनीहरुको झगडा केही शान्त भएपनि फेरी कंगनाले यसबारे बोलेकी छन्।
उनले ऋतिक रोशनले आफुसँग माफि माग्नुपर्ने बताएकी छन्। एक च्यानललाई दिएको अन्तर्वार्तामा उनले ऋतिकबाट निकै समस्या झेल्नुपरेको बताउँदै ऋतिकले आफुसँग माफि माग्नुपर्ने बताइन्।
कंगनाले बताए अनुसार उनी रातभर रुने गर्थिन्। उनी ऋतिकको कारण निकै खराब परिस्थितिबाट गुज्रिएकी थिइन्। उनको लिक भएको इमेल आज पनि मानिसहरु गुगलमा खोजी गर्छन् र कुरा गर्ने गर्छन्। यो सबको लागि उनीसँग ऋतिक ले माफि माग्नुपर्ने कंगनाले बताइन्।
बलिउडका टप अभिनेता अभिनेत्री ऋतिक र कंगना कुनै समय एक साथ थिए। उनीहरु फिल्म 'काइट्स' बाट नजिक भएका थिए। उनीहरुले फिल्म 'क्रिश ३' मा पनि संगै काम गरेका थिए। उनीहरु 'आशीकी ३' मा पनि काम गर्ने हल्ला चलेको थियो।
तर एकाएक उनले ऋतिकमाथि आरोप लगाइन् की उनको कारण कंगनालाई फिल्मबाट निकालियो। उनीहरुबीच कानुनी लडाइ सुरु भयो। कंगनाको इमेल लिक भएपछि कंगना र ऋतिक बीच कडा टक्कर सुरु भयो।
कंगनाले यो सबको लागि अहिले पनि ऋतिक लाई दोषी देखेकी छन् र माफि माग्नुपर्ने अडानमा छिन्।