भारतीय कमेडीयन कपिल शर्माको लडाइ पछिल्लो दिनमा नवजोत सिद्धुपाजीसँग भएको कुराले उनी चर्चामा थिए। यसबारेमा कपिलले प्रतिक्रिया दिएका छन्। उनले एक कार्यक्रममा सिद्धु विरामी भएर विदामा बसेको र केही समयपछि शो मा फर्किने बताएका छन्।
'द कपिल शर्मा शो' मा सिद्धुपाजी हट सिटमा बस्ने गर्थे। कपिलले सिद्धु यसअघि पनि विदामा बस्ने गरेको बताउँदै आफुहरुबीच कुनै विवाद नभएको स्पस्ट पारेका छन्।
उनले सञ्चारमाध्यममा आफुहरुको सम्बन्धबारे आएको खबर झुठो भएको बताएका छन्। सिद्धु र कपिल पछिल्लो लामो समयदेखि सँगै काम गरिरहेका छन्।