बलिउड अभिनेत्री दिपीका पादुकोन यतिबेला सामाजिक सञ्जालमा आफ्नो कपडाको कारण ट्रोलको सिकार भएकी छन्। उनले लगाएको एउटा डिजाइनको सर्टलाई सामाजिक सञ्जालमा निकै ट्रोल गरिएको छ।
सामाजिक सञ्जालका प्रयोगकर्ताले उनले लगाएको लुगाको खिल्ली उडाउँदै उनका भुतपुर्व प्रेमी र वर्तमान प्रेमी रणवीर कपुर र रनवीर सिंहलाई जोडेका छन्।
उनले लगाएको सर्ट दुई रंगको थियो। उनको सर्टको आधा भाग सेतो र आधा भागको रंग रातो थियो। यही कुरालाई सामाजिक प्रयोगकर्ताले दिपीकाको प्रेमीसँग जोडेका छन्। उनीहरुले दिपीकाले दुवै रणवीरको लागि त्यस्तो कपडा रोजेको बताएका छन्।
सामाजिक सञ्जालमा उनलाई दुवै प्रेमीलाई आधा आधा हिस्सा भन्दै दिपीकालाई ट्रोल गरिएको हो। उनीहरुले दुईमा कुन रोज्ने भन्ने निर्णय गर्न नसक्दा यस्तो हालत हुन्छ भन्दै दिपीकाको खिल्ली उडाएका छन्।
उनी यो कपडा लगाएर अन्तर्राष्ट्रिय हवाई अड्डा पुगेकी थिइन्।
दिपीका संघर्षको दिनमा रणवीर कपुरसँग नजिक थिइन् भने अहिले रनवीर सिंहसँग प्रेम सम्बन्धमा छिन्।