कुनै समय थियो भारतको प्रशिद्द कमेडियन कपिल शर्माको शो 'द कपिल शर्मा शो' मा बलिउड स्टारहरुको भिड लाग्ने गथ्र्यो।
बलिउड फिल्मको प्रमोशनको लागि कलाकारहरु शो को लाइनमा प्रतिक्षा गर्नुपथ्र्यो। प्राय सबै फिल्मको प्रमोशन उनको शो मा नआई अपुरो हुने निर्माता निर्देशकले सोच्ने गर्थे। तर अहिले उनको त्यस्ता दिन सकिएको छ। समय फेरिएको छ।
कपिलको साथी सुनिल ग्रोबरसँग कुरा नमिल्नु, झगडा हुनु र सबै साथीले शो छोड्नाले कपिलको शो 'द कपिल शर्मा' शो को टिआरपी लगातार झर्ने क्रम जारी रह्यो।
तर कपिलले सोनी टीभीसँग एक वर्षको समय थप गर्न सफल भएका छन्। कपिलले पुन कमब्याक गर्ने तयारी गरेपनि उनीबाट बलिउडका स्टारहरुले दुरी बढाउन सुरु गरेका छन्।
केही दिन अगाडी रिलिज भएको फिल्म 'ट्वाइलेटः एक प्रेम कथा'को प्रमोशनमा अक्षय कुमार कपिलको शो मा गएनन्। उनी यसअघि प्राय सबै फिल्मको प्रमोशनमा शो मा जाने गरेका थिए।
यसैगरि अन्य स्टार शाहरुख खान, सलमान खान र रणवीर कपुरले पनि आफ्नो फिल्मको प्रमोशन गर्न कपिलको शो मा जान कुनै मन नै बनाएनन्।
शाहरुख र अनुष्काले आफ्नो फिल्म 'जब ह्यारी मेट सेजल'को प्रमोशन गर्न कपिलको शो रोजेनन्। यसअघि उनीहरु कुरेर भएपनि कपिलको शो मा जाने गरेका थिए। सलमान खानले पनि आफ्नो फिल्म 'ट्युबलाइट'को प्रचारमा कपिलको शो मा जान उचित सोचेनन्। बरु उनी अन्य रियालीटी शो मा पुगे।
रणवीर कपुर र कट्रिना कैफले पनि 'जग्गा जासुस'को प्रमोशनमा कपिलको शो मा जान उचित सोचेनन्।
यसरी कुनै दिन कपिलको शो मा जान समय लिएर जाने बलिउड स्टारहरुले अहिले कपिलको शो लाई वास्ता नर्गनुले उनको क्रेज घटेको अनुमान लगाउन सकिन्छ।