बलिउडमा छोटो समयमै धेरै लोकप्रियता कमाउने स्टारमा अभिनेता रनवीर सिंह एक पर्छन्।
उनले फरक विषयबस्तुका फिल्ममा दमदार अभिनय गरेर सबैसामु आफ्नो अगल पहिचान बनाउा सफल भएका छन्।
रनवीर आफ्नो फिल्म, अभिनय, बयान र प्रेम प्रसंगबाट पनि सधैं चर्चामा आइरहन्छन्। उनको प्रेम अहिले अभिनेत्री दिपीका पादुकोणसँग छ र यी दुईको प्रेम अहिले सबैको लागि नमूना बनेको छ।
तर अब रणवीरले अभिनेत्री कट्रिना कैफसँग एउटा नयाँ प्रोजेक्टमा रोमान्स गर्ने खबरले बलिउडमा फेरी अर्को ब्रेकअप हुन सक्ने चर्चा चलेको छ। भारतीय सञ्चारमाध्यम मुम्बई मिररमा प्रकाशित खबर अनुसार रोहित शेट्ठीले उक्त फिल्मको निर्देशन गर्नेछन्।
कट्रिना कैफ दिपीकाकी पुर्वप्रेमी रणवीर कपुरकी प्रेमीका हुन्। जब रणवीर कपुर र दिपीकाको ब्रेकअप भएको थियो तब कट्रिनामाथि नै दोष आएको थियो।
त्यसपछि दिपीका र कट्रिनाबीच शित युद्द नै चलेको थियो। यी दुईबीच अहिलेपनि राम्रो सम्बन्ध छैन। अब आफ्नो प्रेमी र कट्रिनाको रोमान्समा दिपीकाले कस्तो प्रतिक्रिया दिने हुन् यो सजिलै अनुमान लगाउन सकिँदैन।
रणवीरको यो प्रोजेक्ट अर्को वर्षमात्र शुटिङ हुने बताइएको छ।