बलिउड अभिनेता ऋतिक रोशनको सन् २०१४ मा बैवाहिक जीवनमा ब्रेक लागेको थियो। श्रीमती सुजेन खानले ऋतिकसँग ठुलो धनराशीको दावी गर्दै अदालतमा डिर्भोस केस फाइल गरेपछि उनीहरुको सम्बन्ध प्रक्रियागत रुपमै टुंगिएको थियो।
ऋतिककी श्रीमती सुजेनले उनको लभ अफयेरबाट वाक्क भएर डिभोर्स मागेको भारतीय सञ्चारमाध्यममा उल्लेख थियो। यी दुईको दुई छोरा छन् जो सुजेनसँगै बस्छन्।
डिभोर्स भएको दुई वर्षपछि ऋतिक र सुजेनबीच फेरी नजिकपन देखिन थालेको छ। उनीहरु हिजोआज भेटघाटमा निकै व्यस्त हुन थालेका छन्। ऋतिकको फिल्मको प्रचार होस वा सुजेनको कुनै कार्यक्रम, यो जोडीले एकअर्कालाई निकै समय दिन थालेका छन्।
हालै उनीहरुलाई दुई बच्चासँगै छुट्टी मनाईरहेको भेटिएको छ। ऋतिक र सुजैन एक अर्कासँग निकै राम्रोसँग व्यवहार गर्दै रमाईलो गरिरहेको तस्वीर पनि सार्वजनिक भएका छन्। ऋतिक आफ्नी भूतपूर्व श्रीमती, बच्चा र केही मिल्ने साथीलाई लिएर विदा मनाउन गएका थिए।
बलिउडमा उनीहरु एक हुन सक्ने हल्ला पनि चल्न सुरु भएको छ। आखिर किन ऋतिक पूर्व श्रीमतीसँग नजिक हुँदै छन् त?