अमेरिकी गायिका सिसी ह्युस्टनको मुत्यु भएको छ।
बिबिसी न्यूजका अनुसार उनको ९१ वर्षको उमेरमा मृत्यु भएको हो। उनी लामो समयदेखि अल्जाइमर समस्याबाट लडिरहेकी थिइन्। यस रोगमा व्यक्तिको सोच्ने क्षमता, सम्झन सक्ने शक्ति र व्यवहारमा असर पुग्छ।
उनको मृत्यु न्यू जर्सीमा उनकै घरमा भएको थियो। उनको मृत्युको जानकारी उनकी बुहारी पेट ह्युस्टनले दिएकी हुन्।
'हाम्रो दिल दुख र पीडाले भरिएको छ। हामीले आफ्नो घरको मुख्यलाई गुमाएका छौं,' उनले एक बयान जारी गर्दै भनेकी छन्।
सिसी ह्युस्टन सात दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय थिइन्। उनले ५ वर्षको उमेरदेखि नै गीत गाउन सुरू गरेकी थिइन्। उनले आफ्नो करियरमा ६०० भन्दाबढि गीत गाएकी छन्। उनले दुई पटक ग्रामी अवार्ड जितिसकेकी छन्।