‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि अभिनेता दीक्पाल कार्की फिलिपिन्स प्रस्थान गरेका छन्। संसारभरीका करीब ४० देशका प्रतिस्पर्धी सहभागी हुने पुरुष सौन्दर्य प्रतियोगीतामा नेपालबाट प्रतिनिधित्व गर्दै दिक्पाल फिलिपिन्स प्रस्थान गरेका हुन्।
फिलिपिन्सको मनिला शहरमा हुन लागेको ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’ मा उनले करीब १२ दिनसम्म आफ्नो प्रतिभा देखाउनेछन्। प्रतियोगीतामा उनले फोटोसुट, र्याम्पवाक, स्पोट च्यालेन्ज, स्पिच कम्पिटिसन लगायतमा राउन्डहरु हुँदै फाइनलका लागि भिडन्त गर्नेछन । दीक्पालले ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’को विजेता भएर नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउने बताएका छन्।
‘रंग बैजनी’ र ‘च्याम्पियन’ फिल्ममा समेत अभिनय गरिसकेका दिक्पाल यसअघि मिष्टर काठमाडौं (२००९), म्यानहन्ट इन्टरनेशनलको रनर्स अप (२०१२), मिष्टर ग्लोवल नेपालका विजेता (२०१६) हुन्। उनले मिष्टर ग्लोवल २०१६ मा थाइल्याण्डमा नेपालको प्रतिनिधित्व गर्दै छैठौं स्थानमा आफूलाई उभ्याएका थिए। उनलाई ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’ का लागि ड्रिम्स सर्च स्टूडियोका सञ्चालक कमल निकोन क्षेत्रीले फिलिपिन्स पठाएका हुन्।
एक्सपोज नेपाल, इभेन्ट्स नेपाल, स्कूल अफ व्यूटिशियन, बानेश्वर जिम लगायतका संस्थाहरुले ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि उनलाई सहयोग गरेका छन्। दिक्पालले चर्चित डिजाइनरहरु मनिष राई, कमल मानन्धर, लक्ष्मी गिरी, मञ्जु बन्जरा ढकाल लगायतले तयार पारेका पोशाकहरु ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’मा प्रस्तुत गर्नेछन्।