पोखरामा शुक्रबार राति भएको फेसन शोमा एकपछि अर्को सिक्वेन्समा मोडल प्रस्तुत भए। अधिकांश व्यावसायिक मोडल सहभागी फेसन शोमा विभिन्न ६ सिक्वेन्समा लेहेंगा, साडी, जिन्स आइटम, वान पिस र गाउनमा सजिएका मोडेल निकै आकर्षक र ‘हट’ देखिन्थे।
आरएनआर ग्रुपले पोखरामै पहिलो पटक यस्तो फेसन शोको चाँजोपाँचो मिलाएको थियो। राति करिब डेढ घण्टा चलेको ‘जीवनशैली’ नामक फेसन शोमा पोखरास्थित आई एम द बुटिककी अर्चना अर्यालद्धारा डिजाइन गरिएको लेहेंगा र साडी ओचो जिन्सका सुनिल महर्जनको क्याजुअल जिन्स र प्रिन्टेड जिन्सी तथा काठमाडौंस्थित फेसन जोले वान पिस र गाउन गर दुई/दुई सिक्वेस मोडल उतारिए।
आयोजक संस्थाकी अध्यक्ष मञ्जु श्रेष्ठले मोडलिङ क्षेत्रलाई प्रवद्र्धन तथा व्यवसायिकरुपमा विकास गर्न विभिन्न मोडलिङबारे इभेन्ट गर्दै आएको बताइन्। कार्यक्रम संचालन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए। यसअघि, काठमाडौं र पोखरामा भएको अडिसनबाट छानिएका १९ जना मोडेल सहभागी थिए। काठमाडौंका १५ र पोखराका ४ जनामध्ये सृष्टि तामाङ, कुसुम तामाङ, मन्दिरा राज्यलक्ष्मी शाह, देविका कार्की, सीमा श्रेष्ठ, करिश्मा केसी, हेमा र आश्मा लगायत थिए। त्यस्तै, नेपाल नेक्ट सुपर मोडलका व्यावसायिक मोडेल तालनगरी पोखरा आएका हुन्।
उक्त फेसन शोका लागि मोडललाई पहिलो अडिसन राजधानीमा गरिएको थियो। अडिसनमा ५० जना व्यवसायिक मोडलले आवेदन दिएकोमा १५ जना र पोखरामा भएको अडिसनमा १५ जनाबाट ४ जना छानिएका निर्णायकमध्येका एक पत्रकार डब्बु क्षेत्रीले जानकारी दिए। यसअघि राजधानीमा मात्र सीमित भएको आरएनआर गु्रपको फेसन शो पोखरामा भने एचआईभी संक्रमित बालबालिकाहरुको सहयोगार्थ गरिएको संस्थाकी अध्यक्ष श्रेष्ठले बताइन्।