द हिडेन ट्रेजरको आफ्नो २२ औ तथा मिस नेपालको २३ औ वार्षिकोत्सवको उपलक्ष्यमा नग्मा श्रेष्ठ पहिलो मिस नेपाल युनिभर्स घोषित भएकी छिन।
राजधानीमा आयोजित वार्षिकोत्सव समारोहमा द हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले शिरमा ताज लगाईदिँदै नग्मा श्रेष्ठलाई पहिलो मिस नेपाल युनिभर्स घोषणा गरेका हुन्।
६६ औ मिस युनिभर्सको आयोजना अमेरिकास्थित लास भेगासमा आउदो नोभेम्बर २६ मा हुनेछ। जसमा नग्मा पहिलो पटक नेपाललाई प्रतिनिधित्व गर्दै जानेछिन्।
मिस नेपाल आयोजना भएको २३ औ वर्ष पुगिसक्दा पनि अहिले सम्म मिस युनिभर्समा नेपालबाट सहभागिता भएको थिएन। पछिल्लो समय सन् २०१७ को मिस नेपालको आयोजना भएसँगै द हिडेन ट्रेजरले नेपालबाटै मिस युनिभर्समा सहभागी हुन् पाउने अधिकार पाएपछि सन् २०१२ कि मिस नेपाल अर्थ समेत रहेकी नग्मालाई उक्त टाइटल दिदै मिस युनिभर्समा पठाउने निर्णय गरेको हो।
मिस युनिभर्समा सहभागी हुन नग्मा नोभेम्बर ५ मा अमेरिका लग्नेछिन्।
ताज पहिरिँदै नग्मा श्रेष्ठले उक्त प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्दै आफु नै पहिलो पटक जान पाउँदा झनै खुसि लागेको बताइन्।
उनले भनिन्,'यसको लागि म सबै प्रति आभारी छु। साथै म आफै पनि मिस नेपाल अर्थ भईसकेपछि विभिन्न ब्युटी प्याजेन्टमा सहभागी भएको हिसाबले पनि केहि अनुभव त छ नै साथै अब केहि समय प्रशिक्षण पनि लिनेनै छु। मलाइ दिइएको जिम्मेवारीलाई पुरा गर्न कहिँ कतै कसर बाकि राख्ने छैन। हामीले नेपालबाटै मिस युनिभर्समा सहभागी हुन् पाउनु हामी सबैको लागि खुसिकै कुरा हो।'