एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले 'अबको नेपाल: सम्भावना र कार्यदिशा' पुस्तक सार्वजनिक गरेका छन्।
बिहीबार काठमाडौमा 'अबको नेपाल: सम्भावना र कार्यदिशा' पुस्तक सार्वजनिक गर्दै नेता नेपालले राज्य भ्रष्टाचारीको कब्जामा पर्दै गएको बताएका छन्।
'राज्यका निकाय नै विकासप्रेमी छैनन् र भ्रष्टाचारको माध्यम बनिरहेका छन्,' उनले भने,'अनि कसरी देश समृद्ध हुन्छ?' नेपाल साँच्चै समृद्ध बनाउने हो भने पुस्तकमा परिकल्पना गरेजस्तो विभिन्न क्षेत्रमा लगानी लगाउनु पर्ने उनले बताए।
उनले विश्वमा सरकारी र नीजि लगानी असफल बन्दै गए पनि सहकारीहरू सफल हुँदै गएको भन्दै यसको सही सदुपयोग गर्नपर्ने पनि बताए। पूर्व मुख्य सचिव विमल कोइरालाले विकासकोलागि जनता सचेत हुनु पर्छ।
पुस्तकमा अबको समृद्ध नेपाल बनाउने प्रसस्त आधारहरु रहेको बताए। युवा नेता लेखनाथ न्यौपाने र प्रदिप पौडेलले संविधानमा समाजवाद लेखेपनि व्यवहारमा प्रयोग गर्न नसकिएको बताए।
योगेश ढकाल र कृष्ण गिरीको सम्पादनमा तयार भएको पुस्तक शिखा बुक्सले गरेको हो। पुस्तकमा विभिन्न क्षेत्रका विज्ञले लेखेका लेखहरू छन्।