नानी थापाको एकल नाटक 'जुनकिरी' जमलको नाचघरमा मञ्चन सुरू भएको छ। सिन्धुपाल्चोकको एकीकृत माझी नमूना बस्ती विकासको लागि नानीले 'जुनकिरी'को एकल नाटक सुरू गरेकी हुन्।
नाटककमा नानीले एउटे चन्चले स्कुले बालिकादेखि एकल आमाको भूमिकालाई निर्वाह गरेकी छन्।

उनको नाटककमा माहिलाको भावनाहरूको संग्रहालयलाई एकै ठाउँमा प्रस्फुटित भएको देख्न सकिन्छ। नाटकभित्र गीत, कविता, प्रेम, रोदन, आत्मसम्मान, हास्य लगायत सबै भावनाहरूलाई विभिन्न चरणमा चित्रण गरिएको छ।

जुनकिरीमा नानी आफैँको लेखन, निर्देशन र प्रस्तुती रहेको छ।

नाचघरमा भदौ २६ गतेदेखि सुरू भएको जुनकिरी असोज ५ गतेसम्म चल्ने थापाले जानकारी दिईन्। उनले दिउँसो २ बजे र बेलुकी ५ बजे गरी दैनिक २ शो मञ्चन गर्दै आएकी छन्।

श्वेता श्री फाउण्डेशन सहयोगार्थ लोटस फोटोग्राफी स्कुलको प्रस्तुती रहेको नाटक ‘जुनकिरी’ एक वर्ष अघि नै नाटकघरमा मञ्चन भइसकेको छ।

नानीले माझी बस्तीको विकासको लागि नै यो प्रस्तुती केही दिनको लागि सुरू गरिएको बताईन्। उनले यस शो बाट उठेको सबै रकम सोही बस्तीलाई हस्तान्तरण गर्ने जानकारी दिइन्।

तस्वीरः नारायण महर्जन/सेतोपाटी